‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने « Khabarhub

 ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने


७ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । 

नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्यांक छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै आएको छ । चलचित्र ‘प्रेम गीत ३’ भारतका विभिन्न ठाउँमा एकसाथ प्रदर्शन हुन लागेको आशुसेन फिल्म प्रोडक्सनका प्रमुख तथा निर्माता निर्देशक सन्तोष सेनले बताए । 

“एकसाथ भारतका धेरै ठाउँमा नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगका लागि ठूलो अवसर हो”, उनले भने । यसले नेपाली चलचित्रको बजार फराकिलो बनाउने उनको विश्वास छ । यसबाट नेपाली कला, संस्कृति र मौलिकताको प्रवर्द्धन पनि हुनेछ । 

चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि प्रदर्शन हुने भएको छ । नेपाली र हिन्दी भाषामा निर्माण गरिएको सो चलचित्रलाई भारतमा हिन्दी भाषामा र नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गर्न लागिएको हो । चलचित्रमा  गीत पनि हिन्दी भाषामा निर्माण गरिएका छन् । नेपाली चलचित्र उद्योगका लागि “प्रेम गीत ३” विदेशी बजारमा कोसेढुङ्गा सावित हुने चलचित्रका अभिनेता प्रदीप खड्काले बताए ।

 चलचित्रमा खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । साङ्गीतिक प्रेम कथामा निर्माण भएको ‘प्रेम गीत ३’ ‘प्रेम गीत’ चलचित्रको निरन्तर सिरिज हो । आगामी असोज ७ गतेदेखि चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन गरिने छ । सेनसँगै छेतेन गुरुङ पनि सो चलचित्रका निर्देशक हुन् । 

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ४ : ५४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२