पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न महासंघकाे माग « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न महासंघकाे माग


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन्

‘भारतबाट नेपालमा आयत हुने पेट्रोलियम पदार्थको मूल्यमा तीन पटक रकम घटेको छ, चाडपर्वको समयमा नेपालमा पनि पेट्रोेलियम पदार्थको मूल्य समायोजन गरी यातायात व्यवसायी र जनतालाई राहत दिनुपर्छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघका अध्यक्ष विजयबहादुर स्वारले कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दासमेत नेपालमा नघट्नु दुःखद कुरा भएको बताए । उनले सार्वजनिक सवारी साधनको कर, बैँकको ब्याज, रुट इजाजत दस्तुर, जाँचपास बीमा, सवारी साधनको इन्जिनको मूल्य अत्यधिक बढ्दा मारमा परेका यातायात व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा थप समस्या परेको उल्लेख गरे ।

महासंघले महङ्गो मूल्यमा पेट्रोलियम पदार्थ खरिद गरी सस्तोमा सेवा सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको र व्यवसायी व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना भएको बताएको छ । प्रदेश सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन समेत नगर्दा समस्या परेको महासंघको भनाइ छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ५ : १६ बजे

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक