एमाले बैठक : उम्मेदवार छनौटको मापदण्ड प्रस्ताव  « Khabarhub

एमाले बैठक : उम्मेदवार छनौटको मापदण्ड प्रस्ताव 


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले आसन्न निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड प्रस्ताव गरेको छ । 

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेद्वार छनौटको मापदण्ड प्रस्ताव गरेको र प्रस्तावमाथि सबैको सुझाव लिएर केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्यस्तै एमालेले एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ ।

एमालेको चुनावी अभियानको रणनीति, गठबन्धन सरकारले गरेको गलत काम, राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिलाई अध्यक्ष केपी ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने गुरुङले बताए । बैठकमा राजनीतिक प्रतिवेदनका बारेमा अध्यक्ष ओलीले सुझाव लिएका थिए । उनले गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर एमाले नबसेको भन्दै एमालेसँग गठबन्धन गर्न चाहनेलाई ढोका खुल्लै रहेको जिकिर गरे । बैठकले यसअघि सचिवालय बैठकहरूले गरेका निर्णयलाई अनुमोदन गरेको उनले बताए ।

त्यस्तै बैठकमा स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि अनुमोदनका बारेमा जानकारी गराइएको छ भने पार्टीको वार्षिक बजेट पारित गरिएको गुरुङले बताए । बैठकले विभिन्न दल परित्याग गरि एमाले प्रवेश गरेका केही नेताहरूलाई एमालेको केन्द्रीय कमिटीमा मनोनित गरिएको उनले जानकारी दिए । एमालेको पोलिट्ब्युरो बैठक भाद्र ९ गते र केन्द्रीय कमिटी बैठक १० र ११ गते बस्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ५ : ४३ बजे

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक