मदन भण्डारी लोकमार्ग नजिकै शंकास्पद वस्तु भेटियो « Khabarhub

मदन भण्डारी लोकमार्ग नजिकै शंकास्पद वस्तु भेटियो


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका ३ बँदेलपानी र बेलका नगरपालिका ५ सुपाडे बीचमा पर्ने देउराली जंगलमा कार्टुनमा तार बाँधिएको अवस्थाको शंकास्पद बस्तु फेला परेको छ ।

नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपा लगायत ४ राजनीतिक पार्टीहरुले गरेको संयुक्त नेपाल बन्दमा शंकास्पद बस्तु बम फेला परेको हो । मदन भण्डारी लोकमार्गमै शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले सडक छेउमा विद्युतको तार जोडिएको कार्टुन भेटिएको बस्तु के हो भन्ने बुझ्न र बम भए डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली घट्नास्थलतर्फ पठाइएको बताए ।

सडक छेउमा शंकास्पद बस्तु भेटिएको जानकारी आए लगतै नेपाली सेनाको बोक्सेस्थित गणबाट बम डिस्पोजल टोलीले घट्नास्थल पठाएका बताए । शंकास्पद बस्तुमा बम वा अन्य बिष्पोटक पदार्थ के हो यकिन गर्न टोली परचिालन गरिएको छ ।

बिप्लब नेतृत्वको नेकपाले ०७७ फागुन २१ गते तत्कालीन सरकारसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेको, राष्ट्रघाति अमेरिकन परियोजना मिल्लेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पास गरेको तथा अमेरिकाकै स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपि) लागू गर्न खोजेको भन्दै अन्य ३ राजनीतिक दलहरुसँगको सहकार्यमा मंगलबार नेपाल बन्दको आव्हान गरेको थियो ।

 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ०१ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको