टाटा मोटर्सको दशैँ लक्षित ‘द–सही अफर’ « Khabarhub

टाटा मोटर्सको दशैँ लक्षित ‘द–सही अफर’


७ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘द–सही अफर’ सार्वजनिक गरेको छ । यो वर्षको दशैंलाई थप उत्साहजनक बनाउको लागि अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।

आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिने कम्पनीले जानकारी दिएको छ । साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्सजस्ता सुविधाहरु पनि रहेका छन् ।

हरेक वर्षझैँ यसपालीको दशैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफर सम्बन्धि सकारात्मक प्रतिक्रिया आएको सिप्रदी ट्रेडिङको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालले बताए । विशेष गरी ७० प्रतिशत सम्मको फाइनान्सले सबैको हौसला बढाएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ९ : ३० बजे

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले दियो स्वीकृति

एजेन्सी– अमेरिकाले रुसको बढ्दो हवाई आक्रमणबाट जोगिन युक्रेनलाई २ अर्ब

अस्पताल उद्घाटन विवादमा झडप, गोली लागेर एक किशोर गम्भीर घाइते

बारा – बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर