उद्योग मन्त्री बडू र भारतीय राजदूतबीच भेटर्वाता « Khabarhub

उद्योग मन्त्री बडू र भारतीय राजदूतबीच भेटर्वाता


७ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।

छलफलमा मन्त्री बडूले भारतसँग नेपालको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोग र सहकार्यबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्न सकिने विचार व्यक्त गरे ।

मन्त्री बडूले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमार्फत नेपालको विकासका लागि प्राप्त भइरहेको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए । यस्तै, पारवहन तथा व्यापारका क्षेत्रमा पनि भारत नेपालको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै नेपालमा भारतीय लगानी विस्तारमा राजदूतले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

उक्नेत अवसरमा पालका लागि भारतीय राजदूत श्रीवास्तवले विगतदेखि नै नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध प्रगाढ रहेको उल्लेख गरे । यस्तै, ऊर्जा विकास, पारवहन तथा पर्यटन प्रवद्र्धन लगायतका विषयमा दुई देशबीच सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न सकिने बताएका थिए ।

 

 

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ९ : ५० बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको