दशैँलाई लक्षित चामल टेण्डर नपरेपछि ढुवानी भएन « Khabarhub

दशैँलाई लक्षित चामल टेण्डर नपरेपछि ढुवानी भएन


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – चामल ढुवानीका लागि टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन। दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि बोलपत्र आह्वान गरे पनि कसैले नहाल्दा चामल ढुवानी अन्योलमा छ।

पुनः दोस्रोपटक बोलपत्र खोलेर ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए। उनका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि बोलपत्र परेको छैन। ‘बोलपत्र खोले पनि कसैले पनि बोलपत्र आह्वान गरेनन्’, उनले भने, ‘त्यसले गर्दा पनि चामल ढुवानी हुनसकेको छैन।’

पहाडी जिल्लामा चामल पुर्‍याउनका लागि तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ। अहिले करिब चार हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको छ। बोलपत्र नपरेपछि अहिले कार्यालय आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामलसमेत पठाइसकेको छ। ढुवानी रकम महँगो भएकाले पनि बोलपत्र हाल्न नमानेको हुनसक्ने उनले बताए। ‘अहिले पेट्रोलको मूल्य बढेको छ, तर ढुवानी मूल्य बढेपछि बोलपत्र हाल्न नमानेको हुनसक्छ’, उनले भने।

चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाएको छ। प्रत्येक चालममा प्रतिकिलो रु सातका दरले छुट दिएको उनले बताए। जसअनुसार अहिले बास्मती चामलको मूल्य प्रतिकेजी रु एक सय तीन, जिरा मसिनो चामलको प्रतिकेजी रु ६०, सोना मन्सुलीको प्रतिकिलो रु ४३ रहेको छ।

दाङमा चामल उत्पादन पनि हुने भएकाले कम्पनीको चामल कम खपत हुने गरेको छ। दाङमा कम्पनीको वार्षिक दुई सय क्विन्टलमात्रै खपत हुने गरेको छ। अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल ढुवानी हुने गरेको छ।

अर्कोतर्फ मानिसलाई खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउने कुरा थाहा नभएर पनि बजारबाट चामल किन्ने गरेको बताए। यसका लागि प्रचार–प्रसार आवश्यक रहेको उनको भनाइ छ। तुलसीपुरमा चामल मौज्दात राख्नका लागि पाँच हजार क्विन्टल क्षमता रहेको छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ३० बजे

खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौं– नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा