डोल्पाको जगदुल्लामा दुई जलविद्युत् आयोजना बन्दै | Khabarhub Khabarhub

डोल्पाको जगदुल्लामा दुई जलविद्युत् आयोजना बन्दै


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

डोल्पा – जिल्लाको जगदुल्ला नदीमा एक सय छ मेगावाट क्षमताको जगदुल्ला र ८२ दशमलव तीन मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माणको तयारी रहेको छ। एउटै नदीबाट दुई आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ।

जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी छ भने ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ। जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार डिपिआरको काम भएपछि एक सय २२ मेगावाट विद्युत् उत्पादन हुने छ। ‘जगदुल्लाको अहिले मुआब्जा, विद्युत् खरिद बिक्री (पिपिए)लगायत काम सम्पन्न भइसकेका छन्’, उनले भने। विभिन्न निकायबाट शेयर लगानी गरेबापतको रकम भुक्तानीको काम भइरहेको छ।

विद्युत् उत्पादन कम्पनीले चार लाख ९१ हजार आठ सय कित्ता शेयर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेपलभमेन्ट कम्पनी लिमिटेडले २३ लाख ४३ हजार कित्ता शेयर, नेपाल विद्युत् प्राधिकरणले २१ लाख ८७ हजार कित्ता शेयर, कर्णाली प्रदेश सरकारको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर र स्थानीय तह (जलदुल्ला र मुड्केचुला)को २३ लाख ४३ हजार कित्ता शेयरबापत रु ६३ करोड ४९ लाख तीन हजारको रकम कम्पनीले लिइरहेको छ।

विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेकको जगदुल्ला जलविद्युत् कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत शेयर सुरक्षित गरिएको छ। आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत शेयर दिने कम्पनीले जनाएको छ। यस्तै विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत शेयर रहेको छ। त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको १०-१० प्रतिशत शेयर छ। अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको पाँच-पाँच, जलविद्युत् लगानी तथा विकास कम्पनीको चार र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवर्द्धनात्मक शेयर छ।

चालु आर्थिक वर्षको अन्तिमसम्म कम्पनीद्वारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको अधिकारीले जानकारी दिए। अधिकांश ठाउँबाट शेयरवापतको रकम आइसकेको छ। केही ठाउँको मात्र बाँकी छ। एक सय छ मेगावाटको अर्ध–जलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजना निर्माणको पूर्वतयारी गरिरहेको कम्पनीले एक सय २२ मेगावाटको जगदुल्ला ‘ए’ पनि अघि बढाउन लागेको हो। कम्पनीले सूचना जारी गर्दै जगदुल्ला ‘ए’को वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार गन बोलपत्र आह्वान गरी नौ महिनामा प्रतिवेदन तयार गर्ने योजना रहेको  कम्पनीका प्रबन्धक सञ्जय सापकोटाले बताए।

विद्युत् प्राधिकरण मातहतको एनइए इञ्जीनियरिङ कम्पनीले अध्ययन र डिजाइनको काम गरिरहेको छ। एक वर्षभित्र आयोजनाको अध्ययन सक्ने लक्ष्य छ।  आयोजनाका लागि सात दशमलव एक किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। विद्युत् उत्पादन पछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्सन बनाएर सुरुङमार्गमार्फत जाजरकोट, रुकुमपश्चिम र डोल्पाको बीचमा रहेको त्रिवेणीमा पुर्‍याएर विद्युत् उत्पादन हुनेछ। त्रिवेणीमा आयोजनाको विद्युत्गृह रहनेछ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : ४५ बजे

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम

बन्दीपुरमा ‘आफ्नो गाउँ, रमाइलो बनाउँ’ अभियान

दमौली– जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत

एनआरएनए अस्ट्रेलियामा एकता महाधिवेशनको तयारी 

काठमाडौं – एनआरएनए –एनसीसी अष्ट्रेलियाको सदस्यता वितरण पुन: सुरु हुने