एमाले उपमहासचिव ज्ञवालीले युरोपेली सांसदहरूलाई भने– एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन  « Khabarhub

एमाले उपमहासचिव ज्ञवालीले युरोपेली सांसदहरूलाई भने– एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेको युरोपेली युनियनको संसदीय प्रतिनिधिमण्डलले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको छ ।

युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले संसद् भवन नयाँ बानेश्वरमा ज्ञवालीसँग भेटवार्ता गरेको हो ।

भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी मंसिर ४ मा हुने निर्वाचन, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल केन्द्रित भएको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव अञ्जान शाक्यले जानकारी दिइन् ।

‘एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन,’ छलफलमा ज्ञवालीको भनाई उद्धृत गर्दै शाक्यले भनिन्, ‘जनताको बहुदलीय जनवादमा विश्वास गर्ने भएकाले हाम्रो नीति प्रगतिशील छ ।’

पिछडिएको वर्ग, सीमान्तकृत समुदाय प्राथमिकतामा राखेर एमाले अघि बढिरहेको जानकारी ज्ञवालीले दिएका थिए ।

‘निजी क्षेत्र र सहकारीलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो नीति छ । मुलुकलाई स्थायित्व दिने हो भने सबैभन्दा पहिला अर्थतन्त्र बलियो बनाउन जरुरी छ । हामी त्यो कुरालाई ध्यानमा राखेर अघि बढेका छौँ । अर्थतन्त्र उक्सियो भने मात्रै प्रजातन्त्र बलियो हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने ।

उपमहासचिव ज्ञवालीले एमाले सन्तुलित विदेश नीतिको पक्षमा रहेको बताएका थिए ।

छलफलमा एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताएकी थिइन् ।

‘नेपालको विकास र समृद्धिका लागि हामी निरन्तर सहयोग गर्न तयार छौँ । प्रजातन्त्रको स्थायित्वका लागि पनि प्रभावकारी सहयोग गर्न तयार छौँ । हामी नेपाल दिगो विकासको लक्ष्यमा पुगेको देख्न चाहन्छौँ,’ उनले भनिन् ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : १० बजे

कोइराला परिवारका शेखर–शशांकसँग नेतृत्वचेत देखिएन : अमरसिंह पुन

काठमाडौं- पार्टीलाई विधि विधानबाट चलाउनु पर्छ भन्ने आवाज बुलन्द गर्दै

जेन-जी सहिदकी दिदी भन्छिन्- मेरो भाइको नाममा सालिक बनाइयोस्

काठमाडौं– पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष

विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको