एमाले उपमहासचिव ज्ञवालीले युरोपेली सांसदहरूलाई भने– एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन  « Khabarhub

एमाले उपमहासचिव ज्ञवालीले युरोपेली सांसदहरूलाई भने– एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेको युरोपेली युनियनको संसदीय प्रतिनिधिमण्डलले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको छ ।

युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले संसद् भवन नयाँ बानेश्वरमा ज्ञवालीसँग भेटवार्ता गरेको हो ।

भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी मंसिर ४ मा हुने निर्वाचन, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल केन्द्रित भएको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव अञ्जान शाक्यले जानकारी दिइन् ।

‘एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन,’ छलफलमा ज्ञवालीको भनाई उद्धृत गर्दै शाक्यले भनिन्, ‘जनताको बहुदलीय जनवादमा विश्वास गर्ने भएकाले हाम्रो नीति प्रगतिशील छ ।’

पिछडिएको वर्ग, सीमान्तकृत समुदाय प्राथमिकतामा राखेर एमाले अघि बढिरहेको जानकारी ज्ञवालीले दिएका थिए ।

‘निजी क्षेत्र र सहकारीलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो नीति छ । मुलुकलाई स्थायित्व दिने हो भने सबैभन्दा पहिला अर्थतन्त्र बलियो बनाउन जरुरी छ । हामी त्यो कुरालाई ध्यानमा राखेर अघि बढेका छौँ । अर्थतन्त्र उक्सियो भने मात्रै प्रजातन्त्र बलियो हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने ।

उपमहासचिव ज्ञवालीले एमाले सन्तुलित विदेश नीतिको पक्षमा रहेको बताएका थिए ।

छलफलमा एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताएकी थिइन् ।

‘नेपालको विकास र समृद्धिका लागि हामी निरन्तर सहयोग गर्न तयार छौँ । प्रजातन्त्रको स्थायित्वका लागि पनि प्रभावकारी सहयोग गर्न तयार छौँ । हामी नेपाल दिगो विकासको लक्ष्यमा पुगेको देख्न चाहन्छौँ,’ उनले भनिन् ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : १० बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई