भारतको १० अर्ब अनुदानमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजा सम्पन्न  « Khabarhub

भारतको १० अर्ब अनुदानमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि पूजा सम्पन्न 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको आज भूमि पूजा गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका लागि संयुक्त रुपमा भूमि पूजा गरेका हुन् ।

यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले गरेका थिए ।

भारत सरकारको १० अर्ब रुपैयाँ अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरु मध्येकै एक हो ।

यस परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्ग मिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरी प्रतिष्ठानका भवनहरूको निर्माण गरिनेछ ।

दिगो विकास मापदण्ड अनुरूप निर्माण हुने यो परियोजना वातावरण एवम् ऊर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने काठमाडौँस्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले यस परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १ : २४ बजे

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय