शताब्दी पुरुष जोशीको उपचारमा कुनै कमी हुन दिँदैनौँ : पर्यटनमन्त्री श्रेष्ठ « Khabarhub

शताब्दी पुरुष जोशीको उपचारमा कुनै कमी हुन दिँदैनौँ : पर्यटनमन्त्री श्रेष्ठ


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारमा कुनै कमी हुन नदिने बताएका छन्।

शुक्रबार जोशीलाई उनकै निवासमा भेट्दै मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र उपचार आवश्यक रहेकाले उपचारमा कुनै कमी हुन नदिने बताएका हुन्।

भेटका क्रममा जोशीले स्वास्थ्य लाभका लागि स्वास्थ्य कर्मी आवश्यक रहेको र स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए। त्यस्तै जोशीले चित्रकारलाई बनाउन भनेको चक्रसंवरका लागि पनि बजेट अभाव भएको बताएपछि बागमती प्रदेशले आवश्यक बजेट विनियोजन गर्ने जानकारी गराएका थिए।

आफ्नो ’अन्तिम इच्छा’ भन्दै लोक साहित्य परिषदमा पौभाः चित्र राख्न जोशीले चित्रकारलाई आग्रह गरेपछि चक्रसंवर कोर्ने काम जारी छ । त्यस्तै शुक्रबार नै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले जोशीसँग भेट गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । सो क्रममा शाहले लोक साहित्य परिषद्को अवलोकन गरेका थिए।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  २ : ३७ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई