अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो « Khabarhub

अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ । 

महानगरले शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो । सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ । सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत संरचना हटाइने काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

नक्सा विपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान निरन्तर चल्ने महानगरले जनाएको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  २ : ५२ बजे

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी