क्यानाडाको हिन्दू मन्दिरमा तोडफोड, भारतद्वारा निन्दा | Khabarhub Khabarhub

क्यानाडाको हिन्दू मन्दिरमा तोडफोड, भारतद्वारा निन्दा


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानाडाको टोरन्टो सहरमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड गरिएको छ । टोरन्टोमा रहेको स्वामीनारायण हिन्दू मन्दिरमा अज्ञात व्यक्तिहरुले तोडफोड गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय अनलाइन इकोनोमिक टाइम्सका अनुसार घटनामा संलग्नहरुले उक्त मन्दिरको पर्खालमा खलिस्तान पृथकतावाद समर्थित एवम् भारतविरोधी नारा लेखेका छन् ।

भारतले क्यानाडा सरकारसमक्ष हिन्दू मन्दिरमा भएको तोडफोड र भारतविरोधी एवम् खलिस्तान पृथकतावाद समर्थित नारा लेखिएकोबारे कडा विरोध गरेको छ ।

‘भारतविरोधी नारा लेखेर टोरन्टोमा रहेको स्वामीनारायण मन्दिर तोडफोड गर्ने कदमको हामी कडा निन्दा गर्दछौँ ।’ क्यानाडास्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘हामीले क्यानाडाका अधिकारी समक्ष घटनाबारे अनुसन्धान गरी घटनामा संलग्नहरुलाई तत्काल कारवाही गर्न आग्रह गरेका छौँ ।’

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उक्त मन्दिरको पर्खालमा खलिस्तान समर्थित नारा लेखेको देख्न सकिन्छ । क्यानाडाका केही नेताहरुले घटनाप्रति दुःख व्यक्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ४५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द