लाओसमा डेङ्गु ज्वरोको प्रकोप बढ्यो, २५ हजारभन्दा धेरै बिरामी « Khabarhub

लाओसमा डेङ्गु ज्वरोको प्रकोप बढ्यो, २५ हजारभन्दा धेरै बिरामी


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लाओसमा डेङ्गु ज्वरोबाट कुल २५ हजार पाँच सय ४६ जना बिरामी भएका छन् । गत जनवरीयता लाओसमा डेङ्गु ज्वरोबाट २५ हजार ५ सय ४६ जना बिरामी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ ।

लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन् । लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ प्रान्तमा एक हजार ४ सय ५४ जनामा डेङ्गुका बिरामी फेला परेका छन् ।

विश्व स्वास्थय संगठन डब्लूएचओले डेङ्गु ज्वरो हाल तीव्र रुपमा फैलिरहेको चेतवानी दिएको छ । लाओसबाहेक दक्षिणपूर्वी एसियाका फिलिपिन्स, थाइल्याण्ड र सिंगापुरमा पनि तीव्र गतिमा फैलिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : १४ बजे

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले