सुदूरपश्चिममा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

सुदूरपश्चिममा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री शर्मा


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली- अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औँल्याएका छन् ।

बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए। उनले भने, “अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१.२ प्रतिशत छ ।  सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।”

उनका अनुसार देशभरि विभिन्न बिमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् । “अहिले बिमा संस्थानले दिएको प्रत्यक्ष बिमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ”, मन्त्री शर्माले भने, “यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढाजस्तो छ ।”

अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बिमाका रहेको स्पष्ट पार्दै बिमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने छ भने। लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बिमाले ठूलो सहयोग गरेको बताउनुभयो । उनले भने, “सबै क्षेत्रमा यो बिमा जानु पनि जरुरी छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बिमालाई व्यापक रुपमा लग्न प्रदेश सरकार तयार रहेको बताए।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने  संयन्त्रको रुपमा बिमालाई लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।उनले भने, “यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।”

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : २१ बजे

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन

काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा जलस्रोत तथा सिँचाइ

कांग्रेस गृहमन्त्रीलाई नछाड्ने, सरकार व्यक्तिकेन्द्रित संसदीय समिति नबनाउने

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि

माओवादीपछि एमाले पनि मधेस सरकारबाट बाहिरियो

जनकपुरधाम- नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएकाे केही बेरमै यहाँको

खेत जोत्दै गर्दा करेन्ट लागेर किसानको मृत्यु

बुटवल– खेत जोत्ने क्रममा बिजुली अडाएको तारबाट करेन्ट लागेर आज

बाँधमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु

धनगढी– कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ ।