अव्यवस्थित ढल र पार्किङले प्रदेश राजधानी अस्तव्यस्त « Khabarhub

अव्यवस्थित ढल र पार्किङले प्रदेश राजधानी अस्तव्यस्त


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगर अति व्यस्त सहर बनेको छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगरका सडकमा दोहोरो सवारी साधनको ताँती लाग्छ । राजधानी बनेसँगै वीरेन्द्रनगर व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको व्यवस्था नहुँदा अस्तव्यस्त बनेको छ ।

वीरेन्द्रनगरका व्यस्त बजारका सडक छेउछाउमा अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारी साधनका कारण धेरैले दुःख पाएका छन् । पार्किङ क्षेत्र अभावको कारण देखाउँदै सवारी चालकले मनपरी ढङ्गले फुटपाथमा पार्किङ गर्दै आएका छन् । फुटपाथमा पार्किङ गर्ने बढ्दो प्रवृत्तिले पैदल यात्रीलाई निकै नै सास्ती हुने गरेको छ ।

पार्किङका लागि मुख्य बजार तथा राजमार्गमा नो पार्किङ लेखिएका साइन बोर्डहरू नहुँदा बजार क्षेत्रभित्र यातायातका साधन जथाभाबी पार्किङ हुने गरेका छन् । व्यवस्थित पार्किङ मात्र नभई समयमै फोहोर सङ्कलन नहुँदा चोक चोकमा फोहोरको डुङ्गुर लाग्ने गरेको छ । वीरेन्द्रनगरमा ढल निकास, फोहोर मैला र अस्तव्यस्त पार्किङले नगर कुरूपजस्तै बन्दै गएको छ ।

फोहोर मैला र अव्यवस्थित पार्किङले गर्दा बजारको सौन्दर्यमा कमी आएको नगरपालिकाको बुझाइ छ । ढल निकास, ट्राफिक व्यवस्थापन तथा व्यवस्थित बनाउन नगरपालिका लागिपरेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताए।

उनले ढल निकासको व्यवस्थापनका लागि स्थानीय सरकार लागिपरेको बताउँदै बजार क्षेत्रभित्रका सडकमा भइरहेको अव्यवस्थित पार्किङलाई हटाएर नगरलाई व्यवस्थित गरिने जानकारी दिए। फोहोर मैला, ढल निकास तथा ट्राफिक व्यवस्थापनमा स्थानीय सरकार मात्रै नभई प्रदेश सरकारले पनि बेलैमा ध्यान पुर्‍याउन आवश्यक रहेको नगरप्रमुख ढकालको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ४१ बजे

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको