सुपथ मूल्य पसलबाट चामल बिक्री | Khabarhub Khabarhub

सुपथ मूल्य पसलबाट चामल बिक्री


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

मुगु– हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट नेपालीको महान चाड दसैँ र तिहारलाई लक्षित गर्दे बिहीबारसम्म चार सय ४२ क्वीन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट हालसम्म सो चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।

दसैँँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए । उक्त पसलबाट हरेक चामलको मूल्यमा प्रति केजीमा रु सात छुटमा बिक्री भइरहेको छ । कार्यालय प्रमुख भामकाअनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछि धेरै चामल बिक्री भएको छ ।

सुपथ मूल्य पसलबाट मुगुका छायानाथ रारा नगरपालिका र जिल्लाकै पूर्वी भेगको गाउँपालिकाकाका स्थानीयबासीलाई लक्षित गरिएको छ । 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ३६ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका