चाडबाडलाई लक्षित गर्दै यात्रु सहायता कक्षा सञ्चालन « Khabarhub

चाडबाडलाई लक्षित गर्दै यात्रु सहायता कक्षा सञ्चालन


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ । दसैँ तिहार, छठ लगायतका चाडबाडका समयमा यात्रुको सहयोगका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा दिक्तेलबजारको रत्नपार्कस्थित किरातचोकमा यात्रु सहायकता कक्ष सुरु गरिएको हो । 

एक जना नेपाल प्रहरी र एक जना ट्राफिक प्रहरी खटाइएको यात्रु सहायता कक्षा शुक्रबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले उद्घाटन गरेका हुन् । चाडबाडका समयमा यात्रुको अधिक आवत–जावत हुने भएकाले उनीहरूको सहयोग र सुविधाका लागि यात्रु सहायता कक्षा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । 

चाडबाडका समयमा आवत-जावत गर्ने यात्रुको हैरानी, दुःख कष्ट, चर्को भाडा दर, क्षमताभन्दा बढी यात्रु हाल्ने लगायतका गुनासो सुन्ने र सुनुवाइका लागि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको हो । ‘चाडबाडका समयमा गाडीको भाडादरमा मनपरी हुनसक्छ । यात्रुबाट बढी भाडा उठाइन सक्छ । दुःख, झन्झट र हैरानी दिने, तानातान गर्ने हुनसक्छ,’ डिएसपी मुकारुङले भने, ‘यात्रुले टिकट नपाउने वा बढी भाडा नपाए गाडी लैजान्न भन्ने समस्या आएको अवस्थामा यात्रुको सुविधाका लागि हेल्पडेस्क खडा गरिएको हो ।’ 

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, सवारी साधन चलाएको बेला मोबाइल प्रयोग नगर्न, क्षमताभन्दा बढी यात्रु नराख्न, तीव्र गतिमा सवारी साधन नचलाउन, सवारी ऐन र ट्राफिक संकेतको पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ५१ बजे

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट

काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले