चाडबाडलाई लक्षित गर्दै यात्रु सहायता कक्षा सञ्चालन « Khabarhub

चाडबाडलाई लक्षित गर्दै यात्रु सहायता कक्षा सञ्चालन


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ । दसैँ तिहार, छठ लगायतका चाडबाडका समयमा यात्रुको सहयोगका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा दिक्तेलबजारको रत्नपार्कस्थित किरातचोकमा यात्रु सहायकता कक्ष सुरु गरिएको हो । 

एक जना नेपाल प्रहरी र एक जना ट्राफिक प्रहरी खटाइएको यात्रु सहायता कक्षा शुक्रबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले उद्घाटन गरेका हुन् । चाडबाडका समयमा यात्रुको अधिक आवत–जावत हुने भएकाले उनीहरूको सहयोग र सुविधाका लागि यात्रु सहायता कक्षा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । 

चाडबाडका समयमा आवत-जावत गर्ने यात्रुको हैरानी, दुःख कष्ट, चर्को भाडा दर, क्षमताभन्दा बढी यात्रु हाल्ने लगायतका गुनासो सुन्ने र सुनुवाइका लागि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको हो । ‘चाडबाडका समयमा गाडीको भाडादरमा मनपरी हुनसक्छ । यात्रुबाट बढी भाडा उठाइन सक्छ । दुःख, झन्झट र हैरानी दिने, तानातान गर्ने हुनसक्छ,’ डिएसपी मुकारुङले भने, ‘यात्रुले टिकट नपाउने वा बढी भाडा नपाए गाडी लैजान्न भन्ने समस्या आएको अवस्थामा यात्रुको सुविधाका लागि हेल्पडेस्क खडा गरिएको हो ।’ 

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, सवारी साधन चलाएको बेला मोबाइल प्रयोग नगर्न, क्षमताभन्दा बढी यात्रु नराख्न, तीव्र गतिमा सवारी साधन नचलाउन, सवारी ऐन र ट्राफिक संकेतको पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ५१ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन