पौडी खेल्न गएका तीन जना बालक बेपत्ता | Khabarhub Khabarhub

पौडी खेल्न गएका तीन जना बालक बेपत्ता


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका हुन् ।

साँझ साढे पाँच बजे चार जना बालक पौडी खेल्न खोलामा गएका थिए । तीमध्ये एक जना बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकका अनुसार उनीहरू हेटौंडा–१५, फायरलाइनबाट पौडी खेल्न गएका थिए ।

हराइरहेका बालकको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले उद्धार गरिरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : २२ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला