चाडपर्वमा कर्णालीमा चार हजार बढी प्रहरी परिचालित « Khabarhub

चाडपर्वमा कर्णालीमा चार हजार बढी प्रहरी परिचालित


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- ठूला चाड पर्व नजिकिएसँगै हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा धेरै प्रहरी खटाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुन सक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर ४ हजार एक सय ४१ जना प्रहरी जनशक्ति खटाइएको जनाएको हो ।

यसैबीच, चाडपर्वको अवसरमा हुन सक्ने आपराधिक गतिविधिको शंकास्पद सम्भावित स्थानमा पहिचान गरी त्यस्ता स्थानहरूमा तालिम प्राप्त जनशक्ति सहित जाँचको व्यवस्था गरिने छ ।

प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा १२५ वटा नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित जाँच स्थल राखिने छ । त्यसैगरी, ट्राफिक सहितको संयुक्त रूपमा ५३ स्थानमा आकस्मिक जाँच, चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ ।

त्यसैगरी, झैँ–झगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा चेकिङ हुने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने छ ।

यसैबीच, सम्पत्तिको सुरक्षा, जनधनको सुरक्षा उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्ग एवं ज्येष्ठ, नागरिकको सुरक्षाको अधिकारलाई सुनिश्चित गर्न प्रहरी तत्पर रहेको कार्ययोजनामा भनिएको छ ।

चाडपर्वको समयमा गुण्डागर्दी, चोरी, लुटपाट, ठगी, जुवा तास लगायतका आपराधिक घटनाहरू हुन सक्नेतर्फ प्रहरी सचेत रहेको पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

असोज ९ गतेदेखि लागु हुने कार्ययोजनामा भनिएको छ, ‘कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरूको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन बैक तथा वित्तीय सङ्घसंस्थाहरूमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्य सम्म जाने यात्रुहरू समेत लाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी यस प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्लाहरुमासुरक्षा योजना बनाई लागु गरिएको छ ।’

चार्डपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवाञ्छितरआपराधिक क्रियाकलापहरू रोकथाम तथा नियन्त्रण गर्दै नागरिकले सुरक्षित र उल्लासका साथ चार्डपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्न कार्ययोजना तयार गरिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ९ : ४८ बजे

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक