ठाटीकाँधमा बाल स्वास्थ्य शिविर सम्पन्न | Khabarhub Khabarhub

ठाटीकाँधमा बाल स्वास्थ्य शिविर सम्पन्न


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा बालबालिका स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर – ६ को थापाटोल स्थित जनआधारभूत विद्यालयमा बालबालिका स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजना, एइ आइ एन लक्जेमवर्गको आर्थिक सहयोग तथा ठाटीकाँध गाउँपालिकाको समन्वयमा स्वास्थ्य परिक्षण शिविर संचालन भएको थियो ।

स्वास्थ्य शिविरमा कक्षा १ देखि ५ सम्मका ५७ छात्र र ३९ छात्रा गरि जम्मा ९६ जनाले स्वास्थ्य परिक्षण गरेको ठाटीकाँधमा संचालित सहकार्य परियोजना सामाजिक परिचालक मनसरा बिष्टले बताइन् । उनका अनुसार गाउँपालिकाको वडा नम्बर ६ थापाटोल जनआधारभुत विद्यालय थापाटोलमा संचालन गरिएको थियो ।

बालबालिका स्वास्थ्य परिक्षण शिविरमा डा. श्री सनम घलेको टीम परिक्षणको लागि पुगेको थियो । ५७ छात्र र ३९ छात्रा गरी ९६ जना विद्यार्थी नमूना संकलन गर्दा स्वास्थ्य अवस्था सामान्य रहेको डा घलेले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : ०९ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।