विश्वमा आजः १७० विद्रोही बन्धकदेखि जाँ पालद्वारा नोबेल पुरस्कार अस्वीकारसम्म « Khabarhub

विश्वमा आजः १७० विद्रोही बन्धकदेखि जाँ पालद्वारा नोबेल पुरस्कार अस्वीकारसम्म


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा आजः १७० विद्रोही बन्धकदेखि जाँ पालद्वारा नोबेल पुरस्कार अस्विकारसम्म
आज २३ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही घटनाः

चेचेन बिद्रोहीद्वारा १७० विद्रोही बन्धक
मोभासर बारेभले नेतृत्व गरेको करिब ५० चेचेन विद्रोहीको समूहले सन् २००२ का मस्कोस्थित एक नाट्यशाला कब्जा गरी ८५० जनालाई बन्धक बनाएका थिए। विद्रोहीले सर्वसाधरणलाई तीन दिनसम्म बन्धक बनाएका थिए। बन्धक बनाइएका व्यक्तिलाई रिहा गर्ने क्रममा प्रहरी र विद्रोहीबीच गोली हानाहान हुँदा १७० जनाको मृत्यु भएको थियो।

बेरुत बम हमला
सन् १९८३ मा लेबनानको गृहयुद्धमा अमेरिका र फ्रान्सको ब्यारेक अगडि भएका दुई ओटा बम बिस्फोटमा ३०० फ्रान्सेली र अमेरिकी सेनाको मृत्यु भएको थियो। जिहादी समूहले सो विस्फोटको जिम्मा लिएको थियो।

जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्वीकार
सन् १९६४ मा फ्रान्सका प्रसिद्ध दार्शनिक तथा साहित्यकार जाँ पाल सात्रले आफूलाई प्रदान गरेको साहित्यतर्फको नोबेल पुरस्कार अस्वीकार गरेका थिए।

फुटबल बादशाह पेलेको जन्म
आजकै दिन अर्थात् २३ अक्टोबर १९४० मा ब्राजिलका फुटबल बादशाह पेलेको जन्म भएको थियो। ८० वर्षीय पेलेको वास्तविक नाम इडसन आरेन्टेस ते दो नासिमेन्टो हो।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ४९ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन