भारतमा १० करोड डोज खोप नस्ट « Khabarhub

भारतमा १० करोड डोज खोप नस्ट


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआइई) ले आफ्नो कोभिड-१९ खोपको १० करोड डोज म्याद सकिएपछि डम्प गर्नुपर्ने बताएको छ।

‘कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गरेको थियो’, सीईओ अदार पुनावालाले भने। विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ। कोभिडसिल्डले भारतमा दिइने डोजको ९० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ।

भारतले कोभिड–१९ को खोपको दुई अर्ब डोज खुवाएको छ। संघीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय जनसंख्याको ७० प्रतिशत भन्दा बढीले कम्तिमा दुई डोज लिएका छन्।

जनवरी २०२२ मा भारतले स्वास्थ्य सेवा र अग्रपंक्तिमा काम गर्ने कामदारहरू र ६० वर्षभन्दा माथिकालाई बुस्टर डोज दिन थालेको थियो। पछि यसलाई सबै वयस्कहरूमा विस्तार गरिएको थियो। जुलाईमा भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा सबै वयस्कहरूलाई ७५ दिनका लागि निःशुल्क बुस्टर डोज उपलब्ध गराइएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार भारतले अहिलेसम्म २९८ मिलियन बुस्टर डोज खुवाएको छ।

‘बुस्टर खोपहरूको कुनै माग छैन किनकि मानिसहरू अहिले कोभिडबाट दिक्क देखिन्छन्’, पूनावालाले सञ्चारकर्मीलाई पत्रकारहरूलाई भने, “इमानदारीपूर्वक, म पनि थाकेको छु। हामी सबै थाकेका छौं।“

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : २७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना