ओलीले टिकट नदिँदा एमालेले व्यहोरिरहेको घाटा « Khabarhub

ओलीले टिकट नदिँदा एमालेले व्यहोरिरहेको घाटा

चुनावमा एमालेका प्रचारक भीम रावल र घनश्यामको निर्णायक मौनता


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा एमालेमा टिकट वितरणको सकसले नै चुनावी प्रसारमा केही असर देखिन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर संघर्षको इगो साँधेर भीम रावल र घनश्याम भुसाललाई टिकट नदिएपछि एमालेभित्रको आन्तरिक संघर्ष अहिले सतहमा आइरहेको छ ।

टिकट नपाएपछि घनश्याम भुसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । छविलाल विश्वकर्मासँग प्रतिष्पर्धा गरिरहेका भुसालले जित्ने सम्भावना बढ्दो छ । उनलाई कांग्रेस, माओवादी र नेकपा समाजवादीको पूर्ण समर्थन छ । यो समर्थनका कारण पनि भुसालले चुनाव जित्ने सम्भावना बढेको छ भने छविलालले चुनाव हार्ने सम्भावना धेरै छ ।

उता सुदूरपश्चिममा भने भीम रावलले टिकट नपाएपछि एमालेको प्रचार अभियान नै कमजोर बनेको छ । रावलले टिकट नपाउँदा सुदूरपश्चिमका कतिपय एमलो नेताहरुले राजीनामा दिएका थिए । टिकट नपाएकै कारण भीम रावल चुनाव आउँदा पनि सुदूरपश्चिम पुगेका छैनन् । उनले चुनाव प्रचारमा कुनै पनि सहयोग गरेका छैनन् ।

उनको असहयोगका कारण सुदूरपश्चिममा एमाले उम्मेद्वारले हार्ने सम्भावना ठूलो छ । किनकी माओवादी, कांग्रेस र एमालेबाट छुटिट्एको समाजवादीको कारणले सत्ता गठबन्धनकै उम्मेद्वारले जित्ने सम्भावना प्रवल छ ।

पार्टी फूटको बेला माधव नेपालसँग इगो साँधेर नै ओलीले घनश्याम र भीम रावललाई शिकार बनाउन खोजेका थिए । तर यसले उनकै पार्टीमा रहेका अरु नेताहरुलाई गाह्रो पर्ने देखिन्छ । एमालेमा अरुले ओलीके चाकडी गरेपनि बाहिर भने घनश्याम र भीम रावलले राम्रो प्रभाव थियो । सामाजिक सञ्जालमा उनीहरुले गर्ने आलोचनात्मक टिप्पणीले पनि एमालेको चर्चा हुने गरेको थियो ।

तर टिकट नपाएपछि भने यतिबेला रावल र भुसालले भने उल्टै एमालेकै आलोचना गरिरहको छन् । जसको निशानामा ओली परेका छन् । चुनावको बेलामा सबैले यतिबेला ओलीकै आलोचना गरिरहेका छन् । यस्तो बेला रावल र घनश्यामले पनि ओलीलाई ‘खुच्चिङ’ भनिरहेका छन् ।

उनीहरुले सार्वजनिक रुपमा भन्न नसकेपनि यतिबेला घनश्याम खुला रुपमै गठबन्धनतिर लागेर एमाले तथा ओलीकै विरोध गरिरहेका छन् । भीम रावलले एमाले छाड्ने हिम्मत गर्न नसकेपनि चुपचाप छन् । उनी परेको बेला यतिबेला ओलीलाई नै वचनवाण हानिरहेका छन् ।

यसले हिजोका दिनमा इगोको राजनीति गर्दा प्रत्यक्ष अप्रत्यक्ष रुपमा अहिले एमालेलाई घाटा भइरहेकै छ । जसको सानो वा ठूलो असर जै भएपनि मंसिर ४ को चुनावमा पर्ने पक्का छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ४३ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ