नेप्से परिसूचक दोहोरो अङ्कले उकालो « Khabarhub

नेप्से परिसूचक दोहोरो अङ्कले उकालो


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठामडौँ- धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलब ३५ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलब ४९ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८८ अङ्कले बढेर तीन सय ६५ दशमलब ९३ मा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर रु ५१ करोड ६८ लाख तीन हजार चार सय ८४ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै, ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । निर्जीवन बीमा उपसमूहको शेयर मूल्यमा राम्रै वृद्धि भएको छ । कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड १६ लाख ३२ हजार नौ सय ९७ बराबरको कारोबार भयो ।

त्यस्तै, नबिल बैंक रु तीन करोड ३८ लाख ८० हजार एक सय एक, नेपाल बैंक रु तीन करोड २० लाख १८ हजार सात सय ७०, एनआइसी एशिया बैंकको संस्थापक शेयर रु दुई करोड २९ लाख ५० हजार आठ सय सात र गरिमा विकास बैंकको रु एक करोड ५१ लाख ११ हजार सात सय ३७ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । जनउत्थान सामुदायिक लघुवित्त चार दशमलब १५ र किसान लघुवित्तका लगानीकर्ताले चार दशमलब शून्य चार प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सिटिजन म्युचुअल फण्ड दोस्रो नौ दशमलब ५५, अभियान लघुवित्त सात दशमलब ६०, माहुली लघुवित्त चार दशमलब शून्य तीन, वेस्ट फाइनान्स तीन दशमलब १८ र एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलब शून्य तीन प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ३६ बजे

राष्ट्रसङ्घमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा