साउथह्याम्टनसँग बराबरीमा रोकियो आर्सनल « Khabarhub

साउथह्याम्टनसँग बराबरीमा रोकियो आर्सनल


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल साउथह्याम्टनसँग बराबरीमा रोकिएका छ । सेन्ट मेरिज स्टेडियममा आइतबार भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।

खेलमा आर्सनलका ग्रानिट झाँकाले गोल गर्दा घरेलु टोलीका स्टुआर्ट आम्र्सट्रङले बराबरी गोल फर्काए ।खेलको ११औं मिनेटमा ग्रानिट झाँकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । उनले बेन ह्वाइटको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई आर्सनलले दोस्रो हाफमा जोगाउन सकेन ।

६५औं मिनेटमा स्टुआर्ट आम्र्सट्रङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । आर्सनलको बराबरीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा भएको छ ।

यस बराबरीसँगै शीर्षस्थानमा रहेको आर्सनलको ११ खेलबाट २८ अंक पुगेको छ । समान खेलबाटै सिटीको २६ अंक छ । साउथह्याम्टन १२ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको