साउथह्याम्टनसँग बराबरीमा रोकियो आर्सनल | Khabarhub Khabarhub

साउथह्याम्टनसँग बराबरीमा रोकियो आर्सनल


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल साउथह्याम्टनसँग बराबरीमा रोकिएका छ । सेन्ट मेरिज स्टेडियममा आइतबार भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।

खेलमा आर्सनलका ग्रानिट झाँकाले गोल गर्दा घरेलु टोलीका स्टुआर्ट आम्र्सट्रङले बराबरी गोल फर्काए ।खेलको ११औं मिनेटमा ग्रानिट झाँकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । उनले बेन ह्वाइटको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई आर्सनलले दोस्रो हाफमा जोगाउन सकेन ।

६५औं मिनेटमा स्टुआर्ट आम्र्सट्रङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । आर्सनलको बराबरीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा भएको छ ।

यस बराबरीसँगै शीर्षस्थानमा रहेको आर्सनलको ११ खेलबाट २८ अंक पुगेको छ । समान खेलबाटै सिटीको २६ अंक छ । साउथह्याम्टन १२ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ४२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग