सुर्खेत-१ : पूर्णबहादुर खड्काको सुरुआती अग्रता « Khabarhub

सुर्खेत-१ : पूर्णबहादुर खड्काको सुरुआती अग्रता


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – सुर्खेत–१ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा सदस्यमा सुरुआती अग्रता लिएका छन् ।

मङ्गलबार राति १२ बजे मतगणना सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन हजार दुई सय ३८ मतगणना हुँदा खड्काले एक हजार सात सय ७२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले)का ध्रुवकुमार शाहीले एक हजार तीन सय ५५ मत प्राप्त गरेका छन् ।

यस्तै राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ पनि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिएका छन्। प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले दुई हजार दुई मत प्राप्त गर्दा एमालेका ठम्मर विष्टले एक हजार तीन सय २६ मत प्राप्त गरेका छन्।

प्रदेशसभा (२)बाट लोकतान्त्रिक–वाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अगाडि छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जिसीले एक हजार एक सय ७८ मत प्राप्त गर्नुभएको छ भने एमालेका डण्डीप्रसाद शर्माले नौ सय २९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ०८ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले