अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदीमा सार्वजनिक बिदा  « Khabarhub

अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदीमा सार्वजनिक बिदा 


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबमा आज सार्वजनिक बिदा दिइएको छ।

साउदी अरबका राजा तथा दुई पवित्र मस्जिदका संरक्षक सलमानले निर्देशन जारी गरेर बुधबार सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन्।

मंगलबार भएको खेलमा अर्जेन्टिनाविरुद्ध साउदी राष्ट्रिय टोलीको शानदार जितको खुसीको अवसर मनाउन त्यहाँका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको सिफारिस अनुसार बिदा दिने निर्णय गरिएको हो ।

कतारको लुसेल रंगशालामा भएको खेलमा ग्रिन फाल्कन्सले फुटबलका सुपरस्टार लियोनल मेसीको अर्जेन्टिनालाई २–१ गोल ​​अन्तरले पराजित गरेको थियो ।

खेलको दोस्रो हाफमा ग्रीन फाल्कन्सका लागि सालेह अल-शेहरी र सलेम अल-दवसारीले गोल गरे भने अर्जेन्टिनाका लागि लियोनल मेस्सीले पेनाल्टीमार्फत एक गोल गरेका थिए ।

अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित निकालेपछि साउदीको राजधानीमा समर्थकहरूले नृत्य गर्दै खुसीयाली साटेका थिए। उनीहरूले राष्ट्रिय झन्डा फहराउँदै खुसी मनाएका थिए। साउदी अरबले अब आउँदो शनिबार पोल्याण्डसंग खल्नेछ ।

नेपाली दूतावास पनि बन्द
साउदी अरबको रियादस्थित नेपाली दूतावास पनि आज बन्द रहेको छ । दूतावासले मंगलबार राती एक सूचना जारी गर्दै साउदी सरकारको निर्णयअनुसार दूतावास बन्द रहेन जनाएको हो ।

‘हामी पनि यो अपूर्व खुसीयालीको क्षण साउदी सरकार र नागरिकहरूसँग बाँड्न चाहन्छौं। टिम-साउदीलाई धेरै धेरै बधाई । आगामी खेलहरूमा पनि यस्तै उत्कृष्ट नतिजा हासिल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं ।’ दूतावासले जारी गरेको सूचनामा भनेको छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : २० बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था