माओवादीको पहिलो जित, सिन्धुलीका दाहाल विजयी « Khabarhub

माओवादीको पहिलो जित, सिन्धुलीका दाहाल विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ । प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीले देशभरका निर्वाचन क्षेत्रमध्ये १६ सिटमा अग्रता बनाएको छ ।

उनले एमालेका उम्मेदवारलाई फराकिलो मतले पराजित गरेका छन् । दाहालले २७५१७ र उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१६८७ मत ल्याए ।राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३ र राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याए ।

सिन्धुलीमा सत्तागठबन्धन थियो । सिन्धुली १ मा कांग्रेसले पाएको छ । सो क्षेत्रमा कांग्रेसका श्याम घिमिरेले एमालेका प्रदीप कटुवाललाई पछि पारेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : ५२ बजे

परराष्ट्र मन्त्रीको पहिलो विदेश भ्रमण श्रीलंकाबाट

काठमाडौं – परराष्ट्र मन्त्री डा. बिमला राई पौडेलको पहिलो विदेश

नेकपा एसले प्रधानमन्त्रीलाई आर्थिक संकटबारे ज्ञापन पत्र बुझाउने

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक

आजको मौसमः पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं – देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज माघ १७ गते मंगलबारका

पाकिस्तानको एक मस्जिदमा आक्रमण : ४७ जनाको मृत्यु

काठमाडौं – पाकिस्तानको पेशावर शहरको एक मस्जिदमा आक्रमण हुँदा ४७