यी हुन् एमालेका विजयी ५ उम्मेद्वार | Khabarhub Khabarhub

यी हुन् एमालेका विजयी ५ उम्मेद्वार


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरणाम आउने क्रम जारी छ । प्रतिनिधिसभा अन्तर्गत हालसम्म एमालेका ४० जना उम्मेदवारहरुले मतगणनामा अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार निर्वाचनमा हालसम्म नेकपा एमालेका ५ जना उम्मेदवार विजयी भएका छन् ।

गुल्मीको २ मा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेका छन् । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गर्दा झाँक्रीले २६ हजार ४ सय ४२ मत ल्याइन् । त्यस्तै, ताप्लेजुङमा पनि एमालेका योगेशकुमार भट्टराई विजयी भएका छन् । उनले २१ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७ सय ३५ मत ल्याएका छन् ।

यता, ललितपुर २ मा पनि एमालेकै प्रेमबहादुर महर्जनले पनि जित हासिल गरेका छन् । उनले १९ हजार ८ सय ३४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले केबल १० हजार ४ सय ४० मत ल्याए । ललितपुरको छिमेकी जिल्ला काठमाडौँ ९ मा एमालेले जित हासिल गरेको छ । त्यहाँ एमालेका कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरेका हुन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याउँदा पोखरेलले केबल १० हजार ९ सय ६१ मत ल्याए ।

प्रदेश नं. १ को उदयपुर २ मा पनि एमालेले जित हासिल गरेको छ । त्यहाँ नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई पराजित गर्दै एमालेका अम्बरबहादुर रायमाझीले जित निकालेका हुन् । रायमाझीले १५ हजार २ सय ५१ मत प्राप्त गर्दा खतिवडाले १२ हजार ८ सय ९३ मत मात्र प्राप्त गरे ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : ३३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु