अस्तित्व लुटिएको रहस्यमय त्यो रात | Khabarhub Khabarhub

सपनाको कथा

अस्तित्व लुटिएको रहस्यमय त्यो रात



जीवनका अनेक रहस्य समयसँगै खुल्दै जान्छन् । कति मनले चाहेर खोलिन्छन् । कति मनले नचाहेर पनि खोल्नुपर्छ । तर कति रहस्य यस्ता हुन्छन्, जो कहिल्यै चाहेर पनि खोल्न सकिदैन । अर्थात कसैलाई भन्न सकिन्न ।

कति कुरा आफैँले आफैँलाई भन्नुपर्छ । कति कुरा अरुले आफूलाई भन्छन् । अनि कति कुरा अरुको रहस्य सुनेर अरुलाई भनेपनि ती बाहिर आउँछन् । एक पत्रकारको जीवनमा यस्ता रहस्य कति आउँछन्, कति जान्छन् । तर ती रहस्य केवल रहस्य बन्दैनन् । समाजको यतार्थभित्र गहिरो व्यथा बोकेका हुन्छन् ।

एकदिन यस्तै भयो । म चुपचाप थिए । शान्त । एकदम एकलासमा थिए । कसैले मेरो पछाडिबाट दुई चार शब्द हावासरी फ्याकिदियो ।

‘ओई के भयो ? तेरा दुवै आँखा रसएका छन । के भो सन्चो भएन हो ?’ सरुले एकै सासमा यी प्रश्न मतिर फ्याकेकी थिई ।

तर यी प्रश्नको उत्तर दिने सामथ्र्य मसँग थिएन । सायद त्यो समय भित्रैबाट टुटेकी थिए । उसको प्रश्नको जवाफ दिन कुनै शब्दहरु जोडिएर मुख बाहिर निस्किएन । मसँग मात्रै मौनता बाहेक अरु केही थिएन ।

त्यसैले पनि होला उनले मेरो मौनतालाई तोड्न चाहिनन् । उनी म भएको ठाँउबाट जुरुक्क उठेर हिँडिन् । मैले पनि आफू उठेर उनलाई बसाउन सकिन् ।

मेरो मौनता भित्रको आफ्नै संसारमा म मात्रै थिए । बाँकी कतिलाई जवाफ दिनू ? जसको जवाफ मैसँग थिएन ।

मन भित्र त्रासैत्रासले डेरा जमाएर बसेको थियो । भनौँ कसलाई भन्ने ? को सँग र कहाँ बाट सुरु गर्ने ? सुरु गर्नका लागि पनि त पहिले कुन शब्द फुराउने ? यस्तै यस्तै मन भित्रका अन्तरद्धन्द्धले मेरो मन मष्तिस्क सबै थलिएको थियो । जवाफ विहिन भएर अँध्यारो दुनियामा भौतारिरहेकी थिएँ ।

तर, म बाँचिरहेको बाहीरी संसार उज्यालो थियो । खुल्ला आकाशमा पंख फिजाएर यताउता डुलिरहेका सेता बादलहरुले ठाँउठाँउमा आफ्नै साम्राज्य जमाइरहेको थियो. ।

वरपर चिरविरचिरविर गर्दै चराका आवाजहरुले प्रकृतिमा छुट्टै संगित भरिरहेको थियो । सँधै जस्तो हुँदो हो त यी सबै कुराले मेरा मन फुरुङ्ग हुन्थ्यो । यही प्रकृतिको सुन्दरतासँग साउती मार्दै रमाई रहेकी हुन्थे । तर, खै किन हो यी सबै प्रकृतिमा कोरिएका दृष्यहरु रंग नपुगेको झैँ भएको थियो ।

उफ !

मलाई मात्रै किन यस्तो हुन्छ ? मेरा रहर, सपनाका घर किन क्षणभरमै भत्किए । सबै रातहरु एउटी हुर्कदै गरेको छोरीका लागि मिठो निन्द्रा निदाउने रात नहुँदो रहेछ । उमेरै नपुगी गिद्दे नजरले कलिलो उमेरमा हुर्कदै गरेको शरीरका हरेक अंगहरुलाई परैबाट मिठो भोजनको रुपमा बुझ्ने स्वार्थी पुरुषहरुको भिडमा आफूलाई चाहेर पनि संरक्षण गर्न नसकिने रहेछ ।

मलाई त्यो समय डाँको छोडेर रुने अधिकार पनि थिएन । आमाले भन्ने गर्थिन, कुर्ता सुरुवाल लगाएर हिँड्दा नारीलाई भद्र र सुन्दर देखिन्छ । अझ सलले शरीर ढाक्दा झनै शालिन देखिन्छ । तर, त्यो गलत थियो वा रहेछ, गलत नजरले हेर्नेहरुका लागि कपडाले छोपिएको शरिर भित्र पुग्न केही समय नलाग्ने रहेछ ।

भनिन्छ नि कहिलेकाँही जीवनमा आफूले नजिक ठानेका कुनकुनै कुराहरु थाहा नै नपाई कमजोरी बनिदिन्छ । आमाले आफ्नो आत्मरक्षाका लागि हप्काउदै ‘सल ओढ’ भन्दै गर्दा मेरो आमाले दिएको सुरक्षा कवजले म लुटिनुबाट जोगिन सकिन् ।

सालिन, सुन्दर र भद्र हुन सिकाउने मेरी आमा छोरी तँलाई अप्ठ्यारो पर्दा प्रतिकार गर्नु भनेर किन सिकाउनु भएन ? आमा तिमिले मेरी छोरीको उमेर, यौन र जवानी नलुटोस कसैले भन्दै जुन सुरक्षा कवज हुन्छ भनेर सुझाएकी थियौ नि । त्यो मैले ओढेको सल के हो त्यसैको पासोमा पारेर मलाई त्यो पुरुषले सर्वस्व लुट्यो ।

मैले चिच्याएर आमा भन्दै तिमिलाई पुकार्न सकिन । क्षणभरमा मेरो कुमारीत्व मात्रै गुमाइन मेरो आत्मसम्मान र अस्तित्व गुमाए । कुर्लिएर रुन सकिन । किनकी यो तिमि हामीले निर्माण गरेको एउटा वृहत समाजिक संरचना छ नि हो त्यसका प्रत्येक पर्खालहरुले मेरा आजवाहरु म भित्र नै गुमनाम बनाई दियो ।

मेरो मुखमा मैले शरीर ढाकेको सल खाँदेर यौनको नसामा मस्त झुमेको त्यो कु्रर पुरुषको प्रतिकारमा म भिड्न सकिन केही गर्न सकिन । त्यो त समाज बुझेको, पढेलेखेकै मान्छे थियो । त्यसैले त होला मेरो अस्तित्वसँग खेल्दै गर्दा मेरा आवाजहरुले उसको प्रतिष्ठा माथि आँच आउने त्रासले मुख बन्द गर्दै गर्दा मेरो अर्धनग्न शरिरको महत्व र ईज्जतको किन डर राखिदिएन ? म मृत्यु र जीवनको लडाईमा लड्दै गर्दा मलाई मेरो ईज्ज्त जान्छ भन्ने डर भन्दा पनि जिवित भएर त्यो नर्कबाट भाग्नु थियो ।

पीडा र छटपटीले लमतन्न परेको म मैले लगाएको बस्त्रभरी रगतका दागहरु बोकेर घरभित्र पस्दै गर्दा परिवारले समाजमा ईज्जतको दाग नलागोस भन्ने संकेत गरे । आमाको काखमा लुटुपुटु परेर मनमा भएका पीडाहरु पोख्दै गर्दा लुटीएको शरिर फिर्ता ल्याइदेउ न आमा भन्न सकिन । किनकी आमाको काखमा पनि मैले न्यायको बाटो भेटिन् ।

उनले मेरो कपाल सुम्सुमाउदै भन्दैथिइन, छोरी यो सबै छिमेकमा थाहा भयो भने समाजले के भन्छ ? समाजसँग डराउनुपर्छ । मलाई भन्न मन थियो आमा मलाई भन्ने समाजले त्यो पुरुषलाई भन्दैन र ? के यो समाजले पुरुषलाई चाहीँ ईज्जत र बेईज्जतको ट्याग भिराईदिएको छैन ? तर, मैले यही प्रश्नहरु तेस्राउदै आमासँग बहस गर्न सकिन ।

किनकी आमाको आँखाको डिलमा छल्किएको आँशुले म भित्रका आवेग सबै राकिदियो । मलाई आमाको काखबाट चुडिएर सँधै का लागि यो समाजबाट बिदा लिउँ झैँ लाग्यो । बन्द अँध्यारो कोठामा पसेर आफ्नै घाँटी निचोर्दै गर्दा आफैलाई सजाय दिए झैँ लाग्यो । भित्रैबाट उकुसमुकुस भएर आयो ।

मेरा स्वासहरु एकै ठाँउ जमेर पोको परे झैँ आभास भयो । म मर्न पनि सकिन । किनकी मरेर जाने त गयो तर, बाँच्नेहरुलाई समाजले जिउन दिँदैन ।त्यसैले मैले त्यो बन्द कोठा भित्रैबाट एउटा प्रण गरे अब समाज, परिवारका लागि होइन म आफ्ना लागि विद्रोही भएर जिउनुपर्छ । हो, मैले जिउनुपर्छ ।

उफ !

मोबाईलमा दैनिक बिहान ६ बजे बज्ने अलरामले बिउझायो । छ्या सपनामै पो भटभटाएछु । हैट सपनामा पनि कस्तो देखेको ? शरीर पसिनाले लर्थक्कै भिजेको रहेछ । निन्द्राबाट बिउझिदा पनि रिस, डर र थरथरी कापेको शरीर भित्रैबाट जिउने हिम्मत पो बटुल्दै रहेछु । सपना पनि कस्तो यार आफ्नो लागि होईन समाजको लागि जिउनुपर्ने आफै भित्र रिस पोख्दै ओछ्यानबाट उठेर दैनिकी तिर लागे ।

सायद मेरो सपनामा आएका यी चित्कार यै समाजका रहस्य हुन् । जो बाहिर आउनै बाँकी छन् । सपनामा चित्कार गर्नेहरुले समाजमा मुख खोल्न बाँकी नै छ ।

आखिर यो समाज, यो संसार र यो ब्रहमाण्डका हरेक सपना पनि त रहस्य हुन् । जो केही खुल्दैछन् । केही खोल्न लागिएको छ । केही खोल्नैपर्नेछ । जसका लागि समय आउँछ । मलाई विश्वास छ, मेरो सपनामा रहस्य बन्नेहरुको पनि पालो आउनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ०१ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत