विश्वकप फुटबल : जर्मनीविरुद्ध जापानको उत्कृष्ट जित « Khabarhub

विश्वकप फुटबल : जर्मनीविरुद्ध जापानको उत्कृष्ट जित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप फुटबलमा जापानले सानदार जित निकालेको छ । कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो ।

खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १– ० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे ।

खेलको ७५ औं मिनेटमा रित्सु डोनले गोल गर्दै जापानलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८३ औं ताकुमा असानोले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ४८ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र