पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा « Khabarhub

पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रु पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको तथा रु ५४ अर्ब ७७ करोड ४३ लाख बराबरको मात्रै निर्यात गरेको देखिन्छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६८ र निर्यातको हिस्सा नौ दशमलव ३२ प्रतिशत बराबर हो ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव ७९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख पुगेको थियो । त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आयात १८ दशमलव शून्य आठ प्रतिशत र निर्यात ३३ दशमलव ३० प्रतिशतले घटेको छ ।

प्रथम चौमासिकमा नेपालले छिमेकी मुलुक भारतसँग मात्र रु दुई खर्ब ८३ अर्ब ५८ करोड ९१ लाख व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले भारतबाट रु तीन खर्ब २२ अर्ब १८ करोड बराबरको आयात गरेको छ भने रु ३८ अर्ब ६० करोड बराबरको मात्रै निर्यात गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : ५४ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता