आज २०७९ साल पुस ८ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल पुस ८ गते शुक्रबारको राशिफल


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल पुस ८ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश :

मेष : मानसम्मान प्राप्त हुनेछ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।

कर्कट : पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

सिंह : योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।

कन्या : रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ।

तुला : सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।

वृश्चिक : नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला।

धनु : आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।

मकर : झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कुम्भ : बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

मीन : खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ५ : ०१ बजे

नदीजन्य सामाग्री उत्खननमा देखिएको समस्या समाधान हुन्छ : ऊर्जामन्त्री

काठमाडौं– म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले

नेप्सेमा उछाल, एकै दिन तीनपटक सकारात्मक सर्किट ब्रेक, आजलाई कारोबार बन्द

काठमाडौँ– सेयर बजारमा आज उछाल आएको छ । चालु साताको

हुम्लाको सिमकोटमा हिमपातले जनजीवन प्रभावित

हुम्ला– हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित

नेपाल बार एशोसिएशनको राष्ट्रिय गोष्ठी सौराहामा सुरु

चितवन-  नेपाल बार एशोसिएशनकाे मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय

अमरेश सिंहले एनसेलविरुद्ध दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– एनसेल शेयर खरिदबिक्री प्रकरणमा प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च