साउदी क्लबमा रोनाल्डो : वार्षिक १७५ मिलियन पाउन्डमा अनुबन्ध हुँदै « Khabarhub

साउदी क्लबमा रोनाल्डो : वार्षिक १७५ मिलियन पाउन्डमा अनुबन्ध हुँदै


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्।

रोनाल्डो साउदीको क्लब अल नसरमा वार्षिक कीर्तिमानी मूल्य १७५ मिलियन पाउन्डमा अनुबन्ध हुन लागेका हुन्। अनुबन्धका लागि छलफल गर्न उनी अहिले रियाद पुगेका छन्।

स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्धको नजिक पुगेको उल्लेख गरेको छ।

रोनाल्डोले अल नसरसँग ७ वर्षको सम्झौता गर्ने समाचारमा उल्लेख गरिएको छ। रियल मड्रिडबाट म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो केही समयदेखि क्लब बिहीन बनेका थिए।

३७ वर्षीय रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुँदै घर फर्किएको थियो।

क्वाटरफाइनल खेलको पहिलो हाफमा उनलाई बेन्चमा राखेको भनेर पोर्चुगलका प्रशिक्षकको चर्को आलोचना भएको थियो।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ६ : २५ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट