साउदी क्लबमा रोनाल्डो : वार्षिक १७५ मिलियन पाउन्डमा अनुबन्ध हुँदै « Khabarhub

साउदी क्लबमा रोनाल्डो : वार्षिक १७५ मिलियन पाउन्डमा अनुबन्ध हुँदै


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्।

रोनाल्डो साउदीको क्लब अल नसरमा वार्षिक कीर्तिमानी मूल्य १७५ मिलियन पाउन्डमा अनुबन्ध हुन लागेका हुन्। अनुबन्धका लागि छलफल गर्न उनी अहिले रियाद पुगेका छन्।

स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्धको नजिक पुगेको उल्लेख गरेको छ।

रोनाल्डोले अल नसरसँग ७ वर्षको सम्झौता गर्ने समाचारमा उल्लेख गरिएको छ। रियल मड्रिडबाट म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो केही समयदेखि क्लब बिहीन बनेका थिए।

३७ वर्षीय रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुँदै घर फर्किएको थियो।

क्वाटरफाइनल खेलको पहिलो हाफमा उनलाई बेन्चमा राखेको भनेर पोर्चुगलका प्रशिक्षकको चर्को आलोचना भएको थियो।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ६ : २५ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६