राइट टु प्रोटिन रन माघ ७ गते हुने « Khabarhub

राइट टु प्रोटिन रन माघ ७ गते हुने


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भेटनेरी संघको आयोजनामा राइट टु प्रोटिन रन माघ ७ गते हुने भएको छ। हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने आयोजक संघका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकारी दिए।

पुरुष-महिला खुला हाफ म्याराथन, खुला पुरुष १० किलोमिटर र महिला ५ किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीको पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटर दौड तथा व्हीलचेयरमा प्रतिस्पर्धा हुनेछ। सातै स्पर्धामा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशी १० लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ। हरेक स्पर्धामा पाँचौं स्थानसम्म आउनेलाई नगदबाट पुरस्कृत गरिने छ।

हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रदान गरिने छ। १० किलोमिटर पुरुष खुलामा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। महिला खुला ५ किलोमिटर÷विद्यार्थीतर्फ ५ किलोटिमर पुरुष÷व्हीलचेयरमा पहिलो हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ। स्कुलको महिला ३ किलोमिटर दौडमा पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार जित्ने छन्।

नेपाल एथलेटिक्स संघले मान्यता दिएको दौडलाई नेपाल दाना उद्योग संघ र अन्तर्गतका दाना उद्योगले सहयोग गर्ने भएका छन्। दौडको अस्पताल पार्टनरमा प्रिमेरा अस्पताल, टिकेटिङ पार्टनरमा इ सेवा, साउन्ड सिस्टम पार्टनरमा आईएसएस प्रालि र हस्पिटिलिटी पार्टनरमा मेरियोट काठमाडौं रहेका छन्। युए सोइ दौडको प्रवर्द्धक रहेको छ।

आमजनमानसमा सन्तुलित आहार बारे जनचेतना जगाउने मुख्य उद्देश्यले दौड आयोजना गर्न लागिएको हो। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै पुगेर टुंगिने छ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ६ : ५२ बजे

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश