राइट टु प्रोटिन रन माघ ७ गते हुने « Khabarhub

राइट टु प्रोटिन रन माघ ७ गते हुने


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भेटनेरी संघको आयोजनामा राइट टु प्रोटिन रन माघ ७ गते हुने भएको छ। हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने आयोजक संघका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकारी दिए।

पुरुष-महिला खुला हाफ म्याराथन, खुला पुरुष १० किलोमिटर र महिला ५ किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीको पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटर दौड तथा व्हीलचेयरमा प्रतिस्पर्धा हुनेछ। सातै स्पर्धामा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशी १० लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ। हरेक स्पर्धामा पाँचौं स्थानसम्म आउनेलाई नगदबाट पुरस्कृत गरिने छ।

हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रदान गरिने छ। १० किलोमिटर पुरुष खुलामा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। महिला खुला ५ किलोमिटर÷विद्यार्थीतर्फ ५ किलोटिमर पुरुष÷व्हीलचेयरमा पहिलो हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ। स्कुलको महिला ३ किलोमिटर दौडमा पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार जित्ने छन्।

नेपाल एथलेटिक्स संघले मान्यता दिएको दौडलाई नेपाल दाना उद्योग संघ र अन्तर्गतका दाना उद्योगले सहयोग गर्ने भएका छन्। दौडको अस्पताल पार्टनरमा प्रिमेरा अस्पताल, टिकेटिङ पार्टनरमा इ सेवा, साउन्ड सिस्टम पार्टनरमा आईएसएस प्रालि र हस्पिटिलिटी पार्टनरमा मेरियोट काठमाडौं रहेका छन्। युए सोइ दौडको प्रवर्द्धक रहेको छ।

आमजनमानसमा सन्तुलित आहार बारे जनचेतना जगाउने मुख्य उद्देश्यले दौड आयोजना गर्न लागिएको हो। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै पुगेर टुंगिने छ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ६ : ५२ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध