राजदूत वाग्ले र बहराइनको लेवर मार्केटका प्रमुखबीच भेटवार्ता « Khabarhub

राजदूत वाग्ले र बहराइनको लेवर मार्केटका प्रमुखबीच भेटवार्ता


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले र बहराइनको लेवर मार्केट रेगुलेटोरी अथ्योरिटी (एलएमआरए) का कार्यकारी प्रमुख नउफ अब्दुलरहमान जमशीरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा बहराइनमा कार्यरत नेपाली कामदारहरुको अवस्था, बहराइनको श्रम बजारमा फ्लेक्सी-परमिट कार्यक्रम विस्थापन गर्दै हालै लागू गरिएको नयाँ श्रमिक दर्ता कार्यक्रम कार्यान्वयनबारे छलफल भएको थियो । साथै नेपाली श्रमिकको हकहित, अधिकार र कर्तव्य तथा कानुन नियमप्रति सचेतना तथा सहकार्य लगायतका विषयमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइन सरकारले ल्यायो श्रमिक दर्ता कार्यक्रम 

बहराइन सरकारको लेवर मार्केट रेगुलेटोरी अथ्योरिटी (एलएमआरए) ले बहराइनको श्रम बजार सुधार र नियमनका निम्ति यही ४ डिसेम्बर २०२२ देखि श्रमिक दर्ता कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

बहराइनमा प्रयोगमा रहेको फ्लेक्सी भिषालाई प्रतिस्थापन गर्दै नयाँ कार्यक्रम ल्याइएको हो । हाल फ्लेक्सी भिषा अन्तर्गत काम गरिरहेका तथा दर्ता गरिएको कामदार अनुमति लिन चाहने विदेशी कामदारले यो नयाँ कार्यक्रम अन्तर्गत दर्ता गर्नुपर्ने हुन्छ।

भिजिट भिषामा रहेका, श्रम कानुन उल्लंघन गरेका तथा फौजदारी अभियोग लागेका श्रमिकले श्रमिक दर्ता कार्यक्रममा सहभागी हुन नसक्ने दूतावासले जनाएको छ । साथै, श्रमिक दर्ता कार्यक्रमका लागि तोकिए बमोजिमको शुल्क तिर्नुपर्ने हुन्छ।

सूचीकृत हुन चाहने नेपाली श्रमिकहरुले सर्वप्रथम सूचीकरणका लागि योग्यता पुगे नपुगेको यकिन गर्नुपर्ने हुन्छ। सूचीकृत हुन योग्यता पुगे नपुगेको एलएमआरएको वेबसाइटको माध्यमबाट यकिन गर्न सकिने दूतावासले जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ११ बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन