‘ए’ डिभिजन लिग निर्धारित मितिमा नहुने | Khabarhub Khabarhub

‘ए’ डिभिजन लिग निर्धारित मितिमा नहुने


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नहुने बताएको छ। एन्फा प्रवक्ता सुरेस शाहले शीर्ष डिभिजन लिग २६ पुसबाट नहुने पक्का भएको बताए।

बिहीबार बसेको एन्फा र सहभागी १४ क्लबको चार घण्टाको बैठक अनिर्णित बन्दा लिग सर्ने पक्का भएको हो। ‘बैठकले कुनैनिर्णय लिन सकेन। अब, २६ गते कुनै पनि हालतमा लिग हुन सक्दैन,’ शाहले भने। उनको अनुसार १४ गते बस्ने बैठकले नयाँ मिति तय गर्नेछ।

एन्फाले पुस २६ गतेबाट लिग परिमार्जन गर्दै डबल राउन्ड रोबिन आधारमा आयोजना गर्ने र केहि खेलहरु मोफसलमा पुर्‍याउने जनाएको थियो। यसैगरी एन्फाले लिग पाँच महिनाको गर्ने बताएको थियो।

आगामी शीर्ष डिभिजन लिगको लागि बिहीबार (पुस सात गते) अन्तिम टोली दर्ता मिति थियो। अन्तिम दिनसम्म दुई क्लब बाहेक अन्य क्लबले दर्ता नगरेपछि लिग निर्धारित समयमै नहुने पक्का भएको हो।

‘लिग कहिले हुने ? कसरी हुने ? मुख्य प्रायोजक के ? पुरस्कार रकम के दिने ? कुन मैदानमा खेल हुने ? केहि टुंगो छैन। झाडा टार्ने लिग गर्न खोजेर मात्र हुँदैन,’ एक क्लबका प्रतिनिधिले भने।

हालसम्म साविक उपविजेता विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र यसै सिजनको लागि बढुवा भएको चर्च ब्वाइज क्लबले मात्रै लिग खेल्न एन्फामा दर्ता गराएका छन्।

बाँकी १२ क्लब (साविक विजेता मछिन्द्र फुटबल क्लब, तेस्रो भएको न्युरोड टिम एनआरटी, सातदोबाटो युथ क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, एपिएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र बढुवा भएको खुमल्टार युवा क्लब)ले दर्ता गराएका छैनन्।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : ५४ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा