पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पोखरा – भर्खरै निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण भएको छ।

नेपालका निजी क्षेत्रका दुई विमान कम्पनीले नयाँ विमानस्थलमा जहाज ओरालेका हुन्। जनवरी १ तारिखका दिनदेखि औपचारिक उद्घाटन गर्न लागिएको विमानस्थलमा बुद्ध र यतीले बिहीबार डेमो फ्लाइट गरेका हुन्।

दुवै कम्पनीले हाल चालू अवस्थामा रहेको पुरानो विमानस्थलबाट एटिआर–७२ जहाजमार्फत नयाँ विमानस्थलमा उडान भरेका हुन्। दिउँसो २ बजेतिर यतीले उडान भरेको १ घण्टापछि बुद्धले उडान भरेको हो। दुवै विमान ७२ सिट क्षमताका हुन्।

विमानमा पोखराका मेयरदेखि हवाई क्षेत्रका पदाधिकारी, पर्यटन व्यवसायी र सन्चारकर्मीहरु यात्रु थिए। विमानका कर्मचारीलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान गरिएको नागरिक उयन प्राधिकरण पोखरा कार्यालयका प्रमुख विक्रम गौतमले जानकारी दिए।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ११ : ३० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर