कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक « Khabarhub

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै दलको नेता चयनका लागि १३ गते मतदान हुने जनाएको छ। त्यसअघि पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन र उम्मेदवारले पुस १३ गते बिहान ८ बजेबाट १० बजेसम्म दरखास्त दिनुपर्ने छ।

सोही दिन दिउँसो पौने १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउँसो २ बजेदेखि १ घण्टा मतदानका लागि समय निर्धारण गरिएको छ । प्रदेशमा कांग्रेसका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ गरी ३७ सांसद छन्।

बागमती संसदीय दलको नेताका लागि प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले दाबी गरिरहेका छन्।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ११ : ४५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने