कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक « Khabarhub

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै दलको नेता चयनका लागि १३ गते मतदान हुने जनाएको छ। त्यसअघि पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन र उम्मेदवारले पुस १३ गते बिहान ८ बजेबाट १० बजेसम्म दरखास्त दिनुपर्ने छ।

सोही दिन दिउँसो पौने १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउँसो २ बजेदेखि १ घण्टा मतदानका लागि समय निर्धारण गरिएको छ । प्रदेशमा कांग्रेसका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ गरी ३७ सांसद छन्।

बागमती संसदीय दलको नेताका लागि प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले दाबी गरिरहेका छन्।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ११ : ४५ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ