प्रचण्डको सन्देश लिएर प्रकाशमान सिंह बालुवाटारमा « Khabarhub

प्रचण्डको सन्देश लिएर प्रकाशमान सिंह बालुवाटारमा


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान खुमलटार पुगेर नेता सिंहले प्रचण्डलाई भेटेका हुन्।

दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो। नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए। तर, जवाफमा प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए।

‘कांग्रेस संसदको ठूलो दल भएकाले स्वाभाविक रूपमा सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गर्दा उचित हुने प्रस्ताव नेता सिंहले राख्नुभएको थियो। तर प्रचण्डले देउवाले पहिले नै गठबन्धन सरकारको नेतृत्व गरिसकेकाले अहिले आफूले पाउनुपर्ने अडान राख्नु भो,’ उनले न्युज कारखानासँग भने, ‘प्रचण्डको त्यही सन्देश लिएर नेता सिंहले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरिसक्नु भयो।’

प्रचण्डलाई भेटेलगत्तै नेता सिंह सिधै बालुवाटार पुगेका थिए। कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति नछाड्ने बरु प्रधानमन्त्रीमा खुला रहेको विकल्प गठबन्धन दललाई सुनाइसकेको छ। तर पनि देउवाले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने, दुई वर्षपछि प्रचण्ड र तेस्रो कार्यकाल अर्थात् एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने विकल्प प्रस्तुत गरेका छन्।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १२ : १४ बजे

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल