१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज « Khabarhub

१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् । जेलमुक्त भएसँगै उनलाई अध्यागमन विभाग लगिएको छ । त्यहाँ आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

चार्ल्स शोभराजलाई अब नेपालमा कहिल्यै फर्कन नपाउने गरी डिपोट गरिँदैछ । विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई बुधबार जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।

४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा चार्ल्सले सजाय काटिरहेका थिए । उनी ४७ वर्षअघि क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौँस्थित एक जुवा घरबाट पक्राउ परेका थिए । अहिले उनी क्रिसमसकै पूर्वसन्ध्यामा जेलमुक्त भएका छन् ।

चार्ल्स  शोभराजसँग जेलभित्रै विवाह गरेकी नेपाली नागरिक निहिता विश्वासले ढिलै भए पनि आफूहरूले न्याय पाएको प्रतिक्रिया दिएकी छन् । नेपालमा आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै फ्रान्स जान पाउनु पर्ने निहिताले माग गरेकी छन् । 

जेलमुक्त भएका शोभराज अध्यागमनकै निगरानीमा फ्रान्स नगइन्जेल अध्यागमनकै निगरानीमा हुनेछन् । विभागले उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १ : १२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ