१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज | Khabarhub Khabarhub

१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् । जेलमुक्त भएसँगै उनलाई अध्यागमन विभाग लगिएको छ । त्यहाँ आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

चार्ल्स शोभराजलाई अब नेपालमा कहिल्यै फर्कन नपाउने गरी डिपोट गरिँदैछ । विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई बुधबार जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।

४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा चार्ल्सले सजाय काटिरहेका थिए । उनी ४७ वर्षअघि क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौँस्थित एक जुवा घरबाट पक्राउ परेका थिए । अहिले उनी क्रिसमसकै पूर्वसन्ध्यामा जेलमुक्त भएका छन् ।

चार्ल्स  शोभराजसँग जेलभित्रै विवाह गरेकी नेपाली नागरिक निहिता विश्वासले ढिलै भए पनि आफूहरूले न्याय पाएको प्रतिक्रिया दिएकी छन् । नेपालमा आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै फ्रान्स जान पाउनु पर्ने निहिताले माग गरेकी छन् । 

जेलमुक्त भएका शोभराज अध्यागमनकै निगरानीमा फ्रान्स नगइन्जेल अध्यागमनकै निगरानीमा हुनेछन् । विभागले उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १ : १२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले