मानव बेचबिखनमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिक पक्राउ « Khabarhub

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिक पक्राउ


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ । 

उनीहरूले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौँबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्‍याएका थिए ।

त्यहाँ पुर्‍याएपछि बिट क्वाइनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकमसमेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । 

उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौँ ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो । निजहरूलाई काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल सुनधारामा चलान गरिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ३ : ०९ बजे

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

काठमाडौं– पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा

बाढी पहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय

ललितपुर– नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा,

पोखराले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले

सेकाहा सामुदायिक क्लबलाई सङ्खुवासभा गोल्डकपको उपाधि

सङ्खुवासभा- खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सम्पन्न सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक