फोहर व्यवस्थापनमा कुनै समस्या छैन : महानगरपालिका « Khabarhub

फोहर व्यवस्थापनमा कुनै समस्या छैन : महानगरपालिका


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरूपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् ।’ प्रवक्ता मानन्धरका अनुसार आज मात्रै एक सय १९ गाडीबाट फोहर व्यवस्थापन भइरहेको छ । उपत्यकाका १८ स्थानीयतहबाट अहिले दैनिक एक हजार दुई सय मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । 

तीमध्ये सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिकटन फोहर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आइएको थियो । अहिले निजी र कामपाका करिव दुई सय गाडीले दैनिक फोहर व्यवस्थापन गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ३ : ३१ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने