उज्यालो वीरगञ्ज अभियानले ३२ वटै वडा झिलिमिलि « Khabarhub

उज्यालो वीरगञ्ज अभियानले ३२ वटै वडा झिलिमिलि


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडा अहिले झिलिमिलि बनेको छ । उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा चोकचोकमा बत्ती जडान गरेसँगै ३२ वटै वडा झिलिमिल बनेको हो । टोलटोलमा रहेका पोल र सडकमा बत्ति जडान गर्ने काम सकिएको महानगरपालिकाको विद्युत शाखाका इन्जिनियर राजिब कुमार उपाध्यायले जानकारी दिए । 

संघ सरकारको ५० प्रतिशत अनुदान र वीरगञ्ज  महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको अभियानअन्तर्गत ३२ वटै वडामा १३ हजारभन्दा बढी बल्ब जडान गरिएको छ । ३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गएको असारसम्ममा ६० प्रतिशत पनि काम हुन सकेको थिएन ।
महानगरपालिकाले असार १९ गते स्वेतपत्र सार्वजनिक गर्दै यस अघिको नेतृत्वका कारण उज्यालो अभियान कार्यक्रम सम्पन्न गर्न ढिलाइ भएको उल्लेख गरेको थियो । 

नयाँ नेतृत्व आएसँगै कामलाई तीव्रता दिएपछि तीन महिनामा अभियान अन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिल बनेको हो । सम्झौताअनुसार १०० बाट, ६० बाट र ४० बाटको गरी कूल १३ हजार ३ सय ९० वटा बत्ती र १ सयभन्दा बढी कन्ट्रोल प्यानल जडान गर्ने काम सकिएको शाखाका इन्जिनियर उपाध्यायले जानकारी दिए । 

केही वडामा पहिले जडान भएको बत्ती नबल्ने समस्या देखिएकोमा त्यसलाई हटाएर नयाँ जडान गरेसँगै अहिले अधिकांश बत्ती बल्ने गरेको छ ।
सूर्योदय उर्जा, तोप्सन इनर्जी जेभी, काठमाण्डौले २३ करोड ९६ लाख २४ हजार १ १२७ रुपैयाँमा ठेक्का सकार गरेर काम गरेका थिए । सुरुमा एक वर्षभित्रै काम सक्ने सम्झौता भएकोमा अहिले आएर मात्रै काम अन्तिम चरणमा पुगेको हो । 

जडान भएका बत्तीमा कुनै समस्या देखिए तत्काल खबर गर्न पनि महानगरको विद्युत् शाखाले सबैलाई आग्रह गरेको छ । विगतमा बत्ती नबलेको गुनासो दैनिक आउने गरेको भए पनि अहिले मर्मत र जडानको कामलाई तीव्रता दिएकाले गुनासो आउन पनि कमी भएको छ । 

आएका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी टोली परिचालन हुने हुँदा गुनासो आउन कम भएको बताउँछन् विद्युत शाखाका इन्जिनियर उपाध्याय बताउँछन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ४ : २१ बजे

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार