‘लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिका’ « Khabarhub

‘लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिका’


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पुर्‍याएको बताइन्। 

‘परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,’ उनले भनिन् ‘यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण छ ।’ प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । उनले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासङ्घको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले महासङ्घको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गरिन् । साधारणसभामा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले अहिले पनि कर्णालीलाई चिन्न नसकेको टिप्पणी गरे।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका रहेको बताए। गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट मुलुकमा राष्ट्रिय पार्टी बनाउने योजना सफल भएको उनले जनाए। 

‘प्रमुख दलहरुले आफ्नो जनाधार गुमाएका छन्,’ महासचिव पोखरलले भने, ‘यद्यपि दलहरू असफल भएर वैकल्पिक शक्ति जन्मेको भन्ने सत्य होइन ।’

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले आजभन्दा १५ वर्षअघि आफू सञ्चारमन्त्री हुँदा श्रमजीवी पत्रकारको हितमा काम गरेको बताए। उनले राष्ट्रिय राजनीतिका सन्दर्भमा सरकार गठनका लागि कुनै सहमति नभएको उनले जनाए । नेकपा (एकीकृत समाजवादी) नेता जगन्नाथ खतिवडाले राजनीतिक संकट समाधानमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए । साथै लोकतान्त्रिक समाजवादीका केशव झाले परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए। 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हरिहर विरहीले सञ्चार क्षेत्रमा उल्लेख्य सुधारको आवश्यकता रहेको बताए। साथै महासंङ्घका पूर्व अध्यक्ष किशोर नेपालले संविधानको भावनाअनुरूप दल र नेपालको राजनीतिक प्रणाली जान नसकेको बताए।  पूर्व  सभापतिद्वयले साधारणसभामा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई एक लाख नगद राशी रहेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

त्यस्तै, सुर्खेतका माया थापाले २० हजार राशीको गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरे भने साधारणसभामा करिब दुई दर्जन पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।  

साधारणसभामा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार संगठनका केन्द्रीय अध्यक्षहरू शिव लम्साल, गणेश बस्नेत, विष्णुप्रसाद सापकोटा र विश्वमणि सुवेदीले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए । भोलिसम्म सञ्चालन हुने साधारणसभामा सात सय ५० राष्ट्रिय परिषद् सदस्यहरूको सहभागिता छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ४ : ३१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी